
काठमाडौँ, साउन २७। साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुनको भाउ प्रतितोला ७०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला १० रुपैंयाले घटेर हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे