
काठमाडौँ , साउन २४ । साताको अन्तिम दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। आज प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँ रहेको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीमा प्रतितोला ४० रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १७ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे