
काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोवार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे