
काठमाडौँ , १८ साउन – नेपाली बजारमा आज ९शुक्रबार० सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । अघिल्लो दिनको तुलनामा भने सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदी ५ रुपैयाँ घटेर प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे