
काठमाडौँ, साउन १७ । आज नेपाली बजारमा सुन -चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ४ सयमा कारोबार भइरहेको छ । हिजो तुल्नामा आज छापावाला सुन प्रतितोला १६ सयले बढेको हो ।
हिजो (बुधबार) छापावाला सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो। त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपियाँले बढेर प्रतितोला १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे