
काठमाडौँ, १० साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको साउन १० गते बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।
रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् । रेग्मी यसअघि बैंककै सिनियर डेपुटी सीईओ थिए ।
हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तसम्म रहेको छ। रेग्मी हाल बैंकको सिनियर डेपुटी सीइओ छन् । उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आवद्ध भएका थिए ।
उनीसँग बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा धेरैको अनुभव छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे