
काठमाडौं,साउन ४ । आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार प्रतितोला एक हजार ८६० रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले घटेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे