
काठमाडौँ, जेठ ३० । आईसीसी टी(२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर(८ मा पुगेको छ । अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बलमै लक्ष्य पुरा गरेको हो ।
अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ बलमा २० रन जोडे । उनी दोस्रो ओभरमा आउट भएका थिए । अर्का ओपनर ट्राभिस हेडले ५ चौका र २ छक्कासहित ३४ रन जोडे । कप्तान मिचेल मार्सले ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनको योगदान दिए । अष्ट्रेलियाका एडम जाम्पाले १२ रन खर्चेर ४ विकेट लिए । जश हेजलवुड र मार्कस स्टोइनिसले २(२ तथा प्याट कमिन्स र नाथन एलिसले १(१ विकेट हात पारे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे