
काठमाडौं , १५ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ‘ए’ टोलीले शनिबार पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगिता खेल्दै छन्। खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ। वेस्ट इन्डिजको टोली बुधबार नै नेपाल आइसकेको छ। नेपाल क्रिकेट संघले रोहितकुमार पौडेलको कप्तानीमा पाँच खेलको शृंखलाका लागि आज १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाली टोलीमा आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करन केसी, प्रतीश जिसी, अविनाश बोहारा, विवेक यादव र आकाश चन्द रहेका छन्। नेपाल र वेष्ट इण्डिजबीच टी–२० खेलको शृङ्खलाको पाँच खेल हुने छ ।
आज रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिदा वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन्। दोस्रो खेल वैशाख १६ गते , तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ खेल वैशाख २२ गते हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे