
काठमाडौं १३ वैशाख। नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी(२० खेलका लागि १६ सदस्य टोली घोषणा गरेको छ । वेस्ट इन्डिज र नेपालबीचको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुने छ।
वेस्ट इन्डिजको टोली हिजो बुधबार नै नेपाल आइसकेको छ। नेपाल क्रिकेट संघले रोहितकुमार पौडेलको कप्तानीमा पाँच खेलको शृंखलाका लागि आज १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करन केसी, प्रतीश जिसी, अविनाश बोहारा, विवेक यादव र आकाश चन्द रहेका छन्।
बुधबार विहान नेपाल आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे