
काठमाडौं , १२ वैशाख । नेपालसँग टी–२० खेल्न वेस्ट इन्डिजको टोली काठमाडौँ आइपुगेको छ। ५ खेलको टी२० सिरिज खेल्न ‘वेस्ट इन्डिज ए’को क्रिकेट टोली नेपाल आइपुगेको छ।वेस्ट इन्डिजको टोली पहिलोपटक नेपाल आएको हो ।
वेस्ट इन्डिज र नेपालबीचको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुने छ। वेस्ट इन्डिज र नेपालबीच पहिलो खेल वैशाख १५ मा शनिवार हुने छ । दोस्रो खेल वैशाख १६ गते , तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ खेल वैशाख २२ गते हुनेछ।
बुधबार विहान नेपाल आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे