
काठमाडौँ, वैशाख १ । एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ । आजको खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन र आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको विशाल लक्ष्य पाएको थियो । यस्तै आशिफ शेखले ४१ बलमा ६ चौका, कुशल मल्ले ३५, कप्तान रोहितकुमार पौडेलले १८ र ओपनर कुशल भुर्तेलले १२ रन बनाए ।
बलिङमा कतारका हिमांशु राठोड र मुसावर शाहले तीन तीन विकेट लिए । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे