
काठमाडौँ, चैत ३० । एसिसी प्रिमियर कप अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न ४: १५ बजेदेखि खेल सुरू हुँदैछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् ।
समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया रहेका छन् । नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी र अभिनाश बोहरा रहेका छन् ।
दोस्रो खेल नेपालले वैशाख १ गते कतारसँग खेल्नेछ भने तेस्रो खेल वैशाख ३ गते हङकङसँग र चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ। एसिसी प्रिमियर कप अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ ।
नेपाली टोली भारतमा त्रिकोणात्मक शृँखला खेलेर उतैबाट ओमान प्रस्थान गरेको छ । प्रतियोगितामा १० वटा टिमहरु सहभागी रहेका छन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे