
काठमाडौँ , १९ चैत | नेपालले आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । नेपालले सात विकेट गुमाएर २० ओभरको समाप्तिमा २१३ रन बनाएको हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका आरिफ शेखले ६ छक्का र ७ चौकासहित ४८ बलमा सर्वाधिक ९३ रन बनाएका छन्। रसिद खानले १३ बलमा २४ रन बनाए भने वसिर अहमदले २१ बलमा १९ रन बनाए। कमलले ७ बल खेली २ चौका र १ छक्कासहित अविजित १९ रन बनाए ।
नवौँ नम्बरमा ब्याटिङमा लागि मैदान आएका कमलसिंह ऐरीले अविजित सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । यसबाहेक, पवन सर्राफले १३, राशिद खानले २४, र कप्तान विनोद भण्डारीले ११ रन जोडेका थिए ।
आयरल्यान्डका फियोन ह्यान्डले सर्वाधिक दुई विकेट दिँदा गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक एक विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे