
काठमाडौँ , १९ चैत – आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ः०० बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो । आज जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले अझै पनि कुनै निर्णयमा पुगेका छैनन् । बागमती प्रदेशमा गठबन्धनका तीन दल एमाले, माओवादी, एकीकृत समाजवादी मात्रै होइन, हाम्रो नेपाली पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे