
काठमाडौं , १८ चैत। सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्दैछ । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न अहिले संवैधानिक परिषद्को बैठक बसिरहेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका छन् । परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।
लेखा पृष्ठभूमिका राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा हुँदादेखि नै महालेखापरीक्षकमा अडान लिँदै आएका थिए ।
महालेखा परीक्षकका लागि राय र शिशिर ढुंगानाको चर्चा भइरहेको थियो । दुबै जना ओलीनिकट हुन् । बैठकले निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त व्यवस्थापन आयोगमा समेत एक–एक सदस्य नियुक्त गर्ने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे