
काठमाडौँ, चैत १४ । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि एकीकृत समाजवादीले पनि इलाम र बझाङमा उम्मेदवारी दिने भएको छ । प्रतिनिधिसभाअन्तर्गत इलाम–२ को उपनिर्वाचनमा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको नेता झलनाथ खनालले बताए ।
नेकपा (माओवादी केन्द्र ) ले इलाम र बझाङको उपनिर्वाचनमा प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरी सकेको छ ।
एमालेले इलाममा सुवासका छोरा सुहाङलाई टिकट दिइसकेको छ। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार घोषणा गर्न बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे