
काठमाडौँ, चैत १३ । नेपालले आज आयरल्यान्ड ए सँग टी २० अभ्यास खेल खेल्दै छ ।खेल आज दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ । आयरल्याण्डको ‘ए’ टिमले हिजोदेखि नेपालको सिनियर टोलीसँग टी–२० श्रृंखला खेलिरहेको छ । पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल २८ मार्चबाट सुरु हुनेछ। नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्ने छन् । टी २० पछि नेपाल ए ले आयरल्यान्ड ए सँग तीन टी २० र तीन एक दिवसीय अभ्यास खेल खेल्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे