
काठमाडौँ, चैत ६ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा निर्णय लिन बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियो तर बैठकले कुनै निर्णय नगरी सकिएको छ । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता अग्नि सापकोटाले उपाध्यक्ष महराको विषयमा छलफल भएपनि ठोस निर्णय हुन बाँकी रहेको बताए ।
प्रवक्ता सापकोटाले भने , ‘उपाध्यक्ष महराका बारेमा हरेक पाटा र पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गर्यौं। छलफल जारी छ। छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ ’ । आज सदनमा प्रधानमन्त्रीज्यूले जबाफ दिनुपर्ने कारणले बैठक छिट्टै सक्ने परेको सापकोटाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे