
काठमाडौँ, फागुन २८ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ – १० मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।
इलाम–२ मा निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ । रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने भएको छ। पार्टीलाई सरकार, संसद र संगठनमा बलियो बनाउन सहयोगी टिमहरु गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए।
बैठकले सरकारको कामबारे समिक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरुसँग छलफल गरेर सरकारको कामको समिक्षा गर्ने निर्णय पनि गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे