
काठमाडौँ, फागुन २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १२ बजे पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्दै छ ।
आज बस्ने बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुनुका साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुनेछ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएको छ भने बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको हो । रास्वपा ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे