
काठमाडौँ, २७ फागुन | प्रधानमन्त्री पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । जनता समाजवादी पार्टी (जसपा)बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने भएका छन् ।
राष्ट्रपति पौडेलले नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई आज नै शपथ गराउन लागेका हुन् । यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे