काठमाडौँ, २३ फागुन ।काँग्रेसको नयाँ समिकरण तयारीको हल्लाबिच प्रधानमन्त्री पद रास्वपा अध्यक्ष रवि लामिछानेलाई गएको प्रस्ताव सगै, अव भने एमाले-माओवादी गठबन्धनबाट रास्वपाले ४ मन्त्रालय पाउने भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित यसपटक चारवटै फूल मन्त्रालय पाउने सहमति भएको छ,’ रास्वपा स्रोतले भन्यो ।
बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुँदैछ । अन्य मन्त्रालयहरू कसले पाउने भन्नेबारे केही बेरमा सार्वजनिक गरिने पनि ती नेताले जनाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे