
काठमाडौँ, २२ फागुन । टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएको छ ।
अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा नेदरल्यान्ड्सले १९.३ ओभरमा १८५ रनको विजय लक्ष्य हासिल गर्दै जित हासिल गरेको हो।
नेदरल्यान्ड्सको जीतमा ओपनर माइकल लेभितले ५४, सिब्रन्ट एन्गेल्ब्रेच्टले ४८, विक्रमजीत सिंहले २९ र अर्का ओपनर म्याक्स ओडाउडले २२ रनको योगदान दिए।
नेपालका तर्फबाट बलिङमा कुशल मल्लले ४ विकेट लिएपनि नेदरल्यान्ड्सको जीत रोक्न सकेनन्। यस्तै अविनाश बोहराले र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे। गुल्सन झाले ३४, कुशल मल्लले २६ तथा कप्तान रोहित पौडेलले २५ रनको योगदान गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे