
काठमाडौँ, फागुन २१ । नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराउँन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन शीतलनिवास पुगेका छन् ।भेट्मा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो ।छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।
केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर एमाले अध्यक्षओली लगायतका नेताहरु बालुवाटारतर्फ प्रस्थान गरेका थिए । नयाँ गठबन्धनका लागी तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे