• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

४ घण्टा अघि
२

गृहमन्त्री सुधन गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी

५ घण्टा अघि
३

स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरूलाई २३ अर्बभन्दा बढी भुक्तानी

६ घण्टा अघि
४

५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द

७ घण्टा अघि
५

महामन्त्रीमा भिड्न तयार छु: मनिष झा

७ घण्टा अघि
६

अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने

८ घण्टा अघि
७

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

९ घण्टा अघि
८

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

९ घण्टा अघि
९

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

१0 घण्टा अघि
१०

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

१0 घण्टा अघि
११

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

१0 घण्टा अघि
१२

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

१0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० फागुन २०, आईतबार (२ साल अघि)

चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

  • 2,785 Views
  • काठमाडौँ ,२० फागुन । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

    समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृहमन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए ।

    यही फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल उक्त विद्यालयको छात्राबासमा मृतअवस्थामा फेला परेका थिए ।

    बैठकले को मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्सान के हो ? सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।

    समितिले विद्यालय तथा छात्राबासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्राबासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ ।

    विद्यालय शिक्षा विधेयकलाई कसरी चाँडो टुङ्ग्याउने भन्नेबारे पनि छलफल गरिने सभापति जोशीले जानकारी दिए । बैठकमा सांसदहरुले चितवनमा बालिका मृत्यु भएको घटना लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिन नभएको भन्दै सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

    उनीहरुले घटनाको चाँडो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता किसिमका घटना हुन नदिन दीर्घकालीन उपाय अपनाउन, विद्यालय र छात्राबासको सुरक्षा तथा गुणस्तरका लागि नीतिगत सुधार गर्न पनि आग्रह गरे ।

    बैठकमा आ–आफ्नो धारणा राख्नेमा सांसदहरु देवेन्द्र पौडेल, बद्रीप्रसाद पाण्डे, विद्या भट्टराई, तोसिमा कार्की, विनिता कुमारी सिंह, दिपा शर्मा, इश्वरी घर्ती, डा कलुराम राई, रामप्रकाश चौधरी र उर्मिला थेवे थिए।

    ‘शालिन पोखरेलको मृत्यु आपराधको घटना’

    यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चितवनमा बालिका मृत्यु प्रकरणबारे सरकारले गृहमन्त्रालयअन्तर्गत मातहतका निकायले छानबिन गरिरहेको जानकारी पाएको भन्दै उक्त अपराधिक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरे ।

    “दुःखद घटना सरकारको जानकारीमा आइसकेको छ । यसबारे गम्भीर रुपमा छानबिन भइरहेको छ । बालिका मृत्यु प्रकरण अपराधको घटना हो”, समितिको बैठकमा मन्त्री राईले भने, “घटनाको कडाइका साथ अध्ययन अनुसन्धान गरिनुपर्छ । हत्या वा आत्महत्या भए पनि दुरुत्साहनको अवस्थामा पु-याउने परिस्थितिबारे अनुसन्धान जरुरी छ ।” उनले छात्राबास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्राबासको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए ।

    शिक्षामन्त्री राईले बालिका मृत्युको घटना अत्यन्तै पीडादायी भएको भन्दै आत्महत्या र बलात्कारपछि हत्याका घटना बढिरहेकाले यसलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।

    मन्त्री राईले त्रिवि सेवा आयोगको रिक्त सदस्य मनोनयनका निम्ति उपकुलपतिलाई सिफारिस गर्ने विश्वास व्यक्त गरे । उनले बालगृहको सुधार र अनुगमनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर प्रभावकारी काम अगाडि बढाइने जानकारी दिए।

    शिक्षा विधेयकमाथि छलफल

    समितिको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल प्रारम्भ भएको छ । उक्त विधेयकमाथि संशोधन राख्ने सांसदको न्यून उपस्थितिले आज पूर्ण छलफल हुन सकेन ।

    संशोधनकर्ता अमरबहादुर थापाले शिक्षालाई गुणस्तरीय बनाएर मुलुकको विकाससँग जोडिनुपर्ने धारणा राखे । उनले विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय, समयसापेक्ष र रोजगारमैत्री बनाइनुपर्ने खाँचो औँल्याए ।

    एकसय ६३ दफा रहेको उक्त विधेयकमा एक हजार सात सय ५८ संशोधन परेको समितिले जनाएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
    ४ घण्टा अघि

  • २

    गृहमन्त्री सुधन गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी
    ५ घण्टा अघि

  • ३

    स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरूलाई २३ अर्बभन्दा बढी भुक्तानी
    ६ घण्टा अघि

  • ४

    ५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द
    ७ घण्टा अघि

  • ५

    महामन्त्रीमा भिड्न तयार छु: मनिष झा
    ७ घण्टा अघि

  • ६

    अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने
    ८ घण्टा अघि

  • ७

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    ९ घण्टा अघि

  • ८

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    ९ घण्टा अघि

  • ९

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    १0 घण्टा अघि

  • १०

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    १0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution