
काठमाडौं ,१५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।
पार्टीका कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरु ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन लागेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे