
काठमाडौँ, ११ फागुन । क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै रहेर मुद्दा लड्न पाउने भएका छन् । उनले हिजो काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका गरेका थिए । काठमाडौं जिल्ला अदालतले सुनाएको आदेशविरुद्ध पुनरावेदन दिएका लामिछानेलाई पाटन उच्च अदालतले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने लिखित अनुमति दिएको हो ।
जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल भने उनी जेल बस्नुपर्ने छैन । लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कारको कसुरमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजायका साथै ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाइएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे