
काठमाडौँ , फागुन ६ । समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आइतबार बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । माओवादी केन्द्र० का महासचिव देव गुरुङका अनुसार आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने बताए ।
उनले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताए । मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालले गरेको र अबको पालो नृकपाका महासचिव कमरेड विप्लवले गर्ने उनले बताए । उनले भने , ‘समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो । थुप्रै त्रुटि छन्, ती त्रुटिको सामना गर्दै मोर्चालाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्छ । ’
गत असारमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी,जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले समाजवादी मोर्चा घोषणा गरेका थिए र आलोपालो नेतृत्व सम्हाल्ने सहमति भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे