
काठमाडौँ, ३ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १३३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले खराब प्रदर्शन गर्दा ४१.१ ओभरमा अलआउट हुँदै १३२ रनका बनाएको हो ।
नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालका लागी भिम सार्कीले सर्वाधिक ४४ रन बनाए । ८६ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
गुल्सन झाले २१, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । यस्तै करण केसीले १६ रन बनाए । यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका लागि गेर्हार्ड इरास्मसले चार विकेट लिए । यस्तै, रुबेन ट्रम्पेल्मेन र ज्याक ब्रासेललले दुईरदुई विकेट लिए ।
हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही नेपाली टोलीले लिग–२ को पहिलो खेलमा विजयी शुरूआत गर्ने लक्ष्यमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे