
काठमाडौँ, २८ माघ । पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ। मुद्दाको अन्तिम सुनुवाइ आज रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले आलमलाई पक्राउ गरेको थियो।
इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी आलमसँगै शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताव आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो।
उक्त मुद्दा २०७६ साल कात्तिक १८ गते दर्ता भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे