
काठमाडौँ, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन निर्देशन दिएका छन् । शुक्रबार विहान सिंहदबारमा बसेको मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले जनताको शासन स्थापना भएको दिनको रुपमा प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन निर्देशन दिए ।
बैठकले प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।बैठकले ७ प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने प्रबन्ध गर्न आग्रह गरेको छ । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा र स्थानीय तहमा मेयर वा अध्यक्षको संयोजकत्वमा मुल समारोह समिति गठन गरी दिवस मनाउने प्रबन्ध गर्न आग्रह गर्ने बैठकको निर्णय छ ।
दिवसमा रक्तदान, शैक्षिक सामाग्री वितरण जस्ता सिर्जनात्मक कार्य गर्न समेत बैठकले आग्रह गरेको छ । नेपाली सेनाद्वारा सैनिक मञ्च, टुडिँखेलमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाईं गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कीत व्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे