• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द

३६ मिनेट अघि
२

महामन्त्रीमा भिड्न तयार छु: मनिष झा

५९ मिनेट अघि
३

अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने

१ घण्टा अघि
४

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

२ घण्टा अघि
५

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

३ घण्टा अघि
६

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

३ घण्टा अघि
७

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

३ घण्टा अघि
८

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

३ घण्टा अघि
९

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

४ घण्टा अघि
१०

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

४ घण्टा अघि
११

समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित

४ घण्टा अघि
१२

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० माघ ७, आईतबार (२ साल अघि)

लेखा व्यवस्थापन र बेरुजु फर्स्योटका लागि क्षमता विकास तालिम

  • 6,061 Views
  • काठमाडौँ,माघ ६ । विभाग तथा वडा कार्यालयको लेखामा काम गर्ने कर्मचारीले विगतमा औल्याइएका बेरुजुहरुको दायित्व लिएर फर्स्योट तथा सम्परीक्षण गराउनु पर्नेमा अधिकारीहरुले जोड दिनुभएको छ । विभाग र वडाको लेखामा काम गर्ने कर्मचारीहरुका लागि आन्तरिक लेखा परीक्षण एकाइले आयोजना गरेको लेखा र लेखापरीक्षण सम्बन्धी तालिमको समापनमा यस्तो धारणा राखिएको हो ।

    शंकर पन्थी नायव महालेखापरीक्षक, महालेखापरीक्षकको कार्यालयलेखा प्रणाली सक्रिय भयो भने बेरुजु शुन्य बनाउन ठूलो मद्दत हुनेछ । कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक शंकर पन्थीले भन्नुभयो, ‘प्रतिवेदनले औल्याएका विषयमाथि सम्बन्धित विभाग र वडाले दफावार विवरणलाई स्पष्ट पार्दै जाने हो भने बेरुजुको अङ्क घट्न सक्छ । प्रक्रिया पुगेको छ तर कागजपत्र उपलब्ध गराउन नसक्दा पनि बेरुजु हुन्छ । त्यसैले स्रेस्ता र प्रक्रियासँग सम्बन्धित प्रमाणहरु कार्य सम्पादन हुँदाकै बखत व्यवस्थित गराउँदै जानुपर्छ ।’

    बित्तीय क्रियाकलापहरु पारदर्शी र उत्तरदायी हुनुपर्छ । तपाईँहरुले यो अवस्थाको प्रत्याभूति गराउनु पर्छ । तालिममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले भन्नुभयो, ‘सार्वजनिक सेवामा कहीँ कतै पनि त्रुटि गर्न पाइँदैन । यसमा पनि लेखा व्यवस्थापनको काम झनै संवेदनशील हुन्छ । लेखामा काम गर्ने कर्मचारीहरु प्रक्रिया र रितमा चनाखो हुनुपर्छ ।’

    वित्तीय सुशासनका लागि आन्तरिक कार्य दक्षता बढाउनु पर्नेमा जोड दिँदै प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, बेरुजु शुन्य बनाउनमा सक्रियता बढाउनु पर्ने बेला आएको बताउनुभयो ।

    महेश पौडेल निर्देशक, महालेखापरीक्षकको कार्यालयवित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणको प्रारम्भिक अवस्थाका बारेमा महालेखा परीक्षकको कार्यालयबाट वडामा पठाइएको पत्रको माघ १५ गते अगाडि नै जवाफ पठाउनु पर्ने बताउनुभयो । जवाफ पठाउनु अघि पत्रले औल्याएका विषयमा वडा समितिमा छलफल गराउनुहोला, अधिकारीको भनाइ थियो । विगतका बेरुजु फर्स्योट गर्ने र चालु आर्थिक बर्षलाई बेरुजु शुन्य बनाउनु लेखाको जिम्मेवारी हो । उहाँको भनाइ थियो ।

    आ. व. २०७९/०८० को अन्तिम लेखापरीक्षणअन्तर्गत ३१ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजनाको काम सकिएको छ । अब केन्द्रको परीक्षण थालिनेछ । महानगरपालिकाको लेखा परीक्षण टोलीको नेतृत्व गरिरहनु भएका महालेखा परीक्षकको कार्यालयका निर्देशक महेश पौडेलले भन्नुभयो, ‘ महानगरपालिकाको वेरुजु अङ्कमा सुधारका लागि केही करारीय सम्झौतामा स्पष्ट पार्ने, विद्युत प्राधिकरण, गुठी संस्थानका कानुन र स्थानीय सरकार सञ्चालन ऐनले दिएका क्षेत्र र अधिकारले सिर्जना गरेका केही अन्यौलका विषयमा आपसी छलफल गर्नु पर्ने देखिएको छ ।’

    डा. शिवराज अधिकारी प्रमुख, वित्त विभाग, काठमाडौँ महानगरपालिका भुक्तानी गर्दा करकट्टी नभएको, स्वीकृत दररेटभन्दा फरक दरमा खरिद गरेको, बर्षको अन्त्यमा केन्द्रमा फिर्ता गर्नु पर्ने पैसा फिर्ता नगरेको, सामान वितरण भर्पाइ तथा हस्तान्तरण फाराम नभएको, कर विजक तथापान नम्बर नभएको विलबाट भुक्तानी भएको जस्ता कारण वडाबाट बेरुजु हुने गरिएको देखिएको छ । तालिममा आन्तरिक लेखा परीक्षण एकाईका प्रमुख यादव घिमिरेले, धरौटी रकम फिर्ता गर्दा कर समायोजन तथा करचुक्ता प्रमाणपत्र पेश नगरेको जस्ता प्रक्रिया नपुगेका कारण पनि बेरुजु देखिएको बताउनुभयो ।

    बेरुजुसँग सम्बन्धित विभिन्न समस्यालाई कसरी समाधान गर्ने तालिममा ५ वटा समूहमा अभ्यास गरिएको थियो । अभ्यासका लागि बढी भुक्तानी भएको, लागत अनुमान, खरिद आदेश, जिन्सी दाखिला जस्ता कागज नभेट्टाइएको, स्रेस्ता र बैङ्क रकममा अङ्क फरक भएको, माग फाराम नदेखिएको जस्ता समस्या र त्यसबाट सिर्जना भएको वेरुजु अङ्क दिइएको थियो । त्यो अङ्कलाई कसरी फस्र्योट गर्ने, सम्परीक्षणका लागि कसरी पठाउने समूहमा अभ्यास गराइएको थियो ।

    यादव घिमिरे प्रमुख, आन्तरिक लेखापरीक्षण एकाइ, काठमाडौँ महानगरपालिका वित्तीय सुशासनका लागि पूर्व लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गरिन्छ । आ. व. २०७१÷०७२ को नगरपरिषद् (तत्कालीन) को निर्णय अनुसार १ लाख ५० हजार रुपैयाँसम्मका भुक्तानीमा महानगरपालिकाले पूर्व लेखापरीक्षण गराउँदै आएको छ । आन्तरिक लेखा परीक्षणका लागि छुट्टै एकाइले काम गर्दै आएको छ । एकाइका प्रमुख घिमिरेकाअनुसार आ.व. २०७३/०७४ (२०७४ बैशाख) देखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण हुँदै आएको छ । त्यसअघि अनुमति प्राप्त लेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुने गरेको थियो ।

    रुजु नभएको तथा हुन नसकेको आर्थिक कारोवार, रितभाँती नमिलेको वा बेरितबाट काम भएको, भिडान तथा मिलान नभएको वा हुन नसकेको खर्च वेरुजु हो । आर्थिक कारोवारको जाँच गर्दा लेखापरीक्षकले दर्शाएको अनियमित रकम कलम, ऐन, नियम, कार्यविधि, पक्रिया, स्थापित मूल्य मान्यता र सिद्घान्तसँग तालमेल नहुने गरी वा सो विपरीत हुने गरी भएको कारोबार बेरुजु हो । घिमिरेले स्पष्ट पार्दै भन्नुभयो, ‘बेरुजुलाई सैद्घान्तिक, लगती, नियमित गर्नुपर्ने लगायत विभिन्न प्रकारमा बाँडिएको छ । नीति, प्रणाली तथा व्यवस्थापन सुधार सैद्धान्तिक बेरुजु हो । रकम कलम खुलाएको र असुल गर्नु पर्ने लगती बेरुजु हो । कम असुल गरिएका, कम दाखिला भएका, पाउने भन्दा बढी भुक्तानी दिइएका हिनामिना वा हानी नोक्सानी भएका, तिराउनु भराउनु पर्ने रकममा पर्छन् ।’

    समूहगत अभ्यास सही, भरपर्दो र व्यवस्थित खर्च लेखाङ्कन गर्नु, आर्थिक कारोबार पारदर्शी बनाउनु, बजेट ब्यवस्था लागू गर्नु, खर्चलाई बजेटको परिधिमा राख्नु, खर्च सम्बन्धी तथ्याङ्क उपलब्ध गराउनु, संगठनका कोषहरुको वास्तविक स्थिति पत्ता लगाउनु लेखापालनको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

    २० हजार रुपैयाँसम्मको भुक्तानीमा व्यक्तिगत लेखा नम्बर (पान), त्यसभन्दा माथिको अङ्कमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) बिल हुनुपर्छ । ५० हजार भन्दा माथिको जुन सुकै प्रकारको भुक्तानीमा १.५ प्रतिशत स्रोतमा कर (टीडीएस) कट्टी गर्नुपर्छ । प्रस्तुतिकरण गर्दै घिमिरेले, ब्यक्तिको हकमा भत्ताजस्ता अतिरिक्त सबै प्रकारका भुक्तानीमा १५ प्रतिशत स्रोतमा कर कट्टी गर्नुपर्ने बताउनुभयो । आम्दानी वा खर्चको पुष्ट्याइँ हुने प्रमाण राख्नुपर्छ, प्रचलित कानुनअनुसार खरिद गर्नुपर्छ, सिर्जना भएको दायित्व समयमा भुक्तानी गर्नुपर्ने उहाँको भनाइ थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ५९ ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल बन्द
    ३६ मिनेट अघि

  • २

    महामन्त्रीमा भिड्न तयार छु: मनिष झा
    ५९ मिनेट अघि

  • ३

    अमेरिका–इरानबीच उच्चस्तरीय वार्ता सम्पन्न , ६० दिनभित्र अन्तिम सम्झौता हुने
    १ घण्टा अघि

  • ४

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    २ घण्टा अघि

  • ५

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    ३ घण्टा अघि

  • ६

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    ३ घण्टा अघि

  • ७

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    ३ घण्टा अघि

  • ८

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा
    ३ घण्टा अघि

  • ९

    नेपाल पुनः ग्रे लिस्टको सूचीमा
    ४ घण्टा अघि

  • १०

    लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ३

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution