
एजेन्सी । भारतको गुजरात राज्यको एउटा तालमा डुंगा पल्टिएको छ । बिहीबार हर्नीमा भएको घटनामा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको डुबेर मृत्यु भएको छ ।
बडोदरा सहरको ताल । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।बाँकी पीडितहरुको खोजी कार्य जारी रहेको छ । हालसम्म १८ जना विद्यार्थी र दुई शिक्षकको उद्धार गरिएको छ र नजिकैको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।
घटनाको कारण खुल्न सकेको छैन तर प्रत्यक्षदर्शीहरूले डुङ्गामा १४ यात्रुको क्षमताभन्दा बढी यात्रु रहेको बताएका छन्। धेरै अभिभावकहरूले अधिकारीहरूलाई सुरक्षा मापदण्डहरू उल्लङ्घन गरेर आफ्ना बच्चाहरूको जीवनलाई खतरामा पारेको आरोप लगाएका छन्। विद्यार्थीका अभिभावकले आफ्ना बालबालिकालाई लाइफ ज्याकेट नदिएको आरोप लगाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे