
काठमाडौँ, माघ ४ | समयमै निर्माण पूरा गर्न दबाब दिने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका २७ वटा अलपत्र आयोजनाको पैदल यात्रा गर्ने भएको छ । गएराति सकिएको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।
रास्वापले लामो समयदेखि निर्माणसधिन र सुस्त आयोजनामा दबाब बढाउन लागेको हो । कार्यदलमा प्रतिभा रावल , श्रीराम न्यौपाने, शिशिर खनाल विपिन कुमार आचार्य , खुस्बु श्रेष्ठ , कृष्ण भेटुवाल रहेका छन् ।
दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा मेलम्ची खानेपानी , गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रहेका छन् । रास्वपाले आयोजनाहरुबारे थप अध्ययन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे