
पाल्पा, ४ पौष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको ब्यानर राखिएकोमा माफि मागेका छन् ।
नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको व्यानर राख्नु गम्भीर लापरवाही भएकाले आगामी दिनमा यस्तो नहुने भन्दै उनले माफि मागेका छन् ।
“पाल्ला जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु, सरी १ सम्मेलनको लागि नगरपालिको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरुले पनि मेरो कुरा सुन्न पाउनुप¥यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो । त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो पनि गल्ती हो । त्यसप्रति म माफी चाहन्छु । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ । आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ,” थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
मंगलबार पाल्पा जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड नै छोपेर नेपाली कांग्रेसले कार्यक्रम गरेको भन्दै विरोध भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे