
काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा आगामी मंसिर ७ गते हुन लागेको प्रदर्शनलाई सरकारले स्थान तोकिदिएको छ । प्रसाईं नेतृत्वले मंसिर ७ गते आयोजना गर्न लागेको उक्त प्रदर्शनका लागि बल्खुमा स्थल तोकिएको हो । सोही दिन नेकपा एमाले निकट युवा संघले पनि काठमाडौं केन्द्रित कार्यक्रम गर्ने घोषणा गरेको छ ।
प्रसाई नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृति र नागरिक बचाऊ महाअभियान’लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न दिने निर्णय गरेको हो । सोमबारदेखि माइतीमण्डलामा काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
मंसिर ७ गते नै घोषणा गरेको नेकपा एमाले निकट युवासंघले पनि तीनकुनेमा कार्यक्रम गर्ने भएको छ । दुई पक्षबीच मुडभेट, झडप हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो। छलफलपछि संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सुचना जारी गरेर स्थान सारेको जानकारी दिएका हुन् । प्रसाईं पक्षले बल्खुमा गर्ने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे