
काठमाडौँ, १८ कार्तिक । जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री त्यस क्षेत्र प्रस्थान गरेका छन्।
प्रधानमन्त्री त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली लिएर त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्रीका हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। मौसमका कारण केही ढिलो भएको उनले बताए।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो त्यसपछि पनि पटकपटक शक्तिशाली परकम्प गएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे