
काठमाडौँ, १० कार्तिक । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।
शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एकरएक जनाका लागि आवेदन आह्वान गरेको छ । पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्ने महानगरले जनाएको छ । दरखास्त फारम महानगरको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे