
काठमाडौँ, असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको हो । थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमा बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु हुने छ ।
आइतबार उपत्यकामा हेटौँडाबाट तीन सयको सङ्ख्यामा खसीबोका र रसुवाबाट ३७० वटा च्याङ्ग्रा भित्रिइसकेका कम्पनीले जनाएको छ । बाँकी भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवक्ता शर्मिला न्यौपानेले मङ्गलबारदेखि खसीबोकाको बिक्री खुला गरिएको जानकारी दिए । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेका अनुसार जिउँदो खसी प्रतिकेजी ६८० रुपैयाँ निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६७० रुपैयाँमा बिक्री खुला गरेको छ ।
यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २५० रुपियाँ बिक्री मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे