• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २३, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

८ घण्टा अघि
२

स्पेनको ऐतिहासिक प्रदर्शन, रोनाल्डोको विश्वकप यात्रा समाप्त; बेल्जियम पनि क्वार्टरफाइनलमा

११ घण्टा अघि
३

ईदको अवसरमा युएईले दियो १११ नेपाली कैदीलाई आममाफी

१२ घण्टा अघि
४

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक , ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

१२ घण्टा अघि
५

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेटवर्ता

१२ घण्टा अघि
६

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा देवेन्द्र खत्री नियुक्त

१२ घण्टा अघि
७

४९५ किलोमिटर कालीगण्डकी कोरिडोरमा ८२ प्रतिशत भौतिक प्रगति, लक्ष्य आ.ब २०८५/८६ सम्म

२१ घण्टा अघि
८

वर्षाले प्रभावित बनायो धुलिखेल–खावा सडक स्तरोन्नति, रातिको सवारी रोक्ने निर्णय स्थगित

१ दिन अघि
९

जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने लम्सालको चेतावनी

१ दिन अघि
१०

हालान्डको दुई गोलले ब्राजिल विश्वकपबाट बाहिरियो, नर्वे क्वार्टरफाइनलमा; विश्वकपमा नयाँ कीर्तिमानहरूको वर्षा

१ दिन अघि
११

तथ्याङ्क व्यवस्थापनमा कमजोरी, अनुमति लिएका अधिकांश संस्थाले विवरण नै बुझाएनन्

१ दिन अघि
१२

डिजिटल विस्तारसँगै बदलिँदो विज्ञापन बजारबारे ‘आन’को अन्तरक्रिया, एआईदेखि सामाजिक सञ्जालसम्मका चुनौती र अवसरमा केन्द्रित छलफल

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१२ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० आश्विन २९, सोमबार (२ साल अघि)

नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने – गृहमन्त्री श्रेष्ठ

  • 2,072 Views
  • काठमाडौँ  , २९ असोज | उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताउनुभएको छ ।

    ६८औं प्रहरी दिवसको अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

    सो अवसरमा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गर्नुभयो ।

    समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्व लगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरुको समर्पणभाव हरेक पुस्ता र पिंढीका लागि प्रेरणाको श्रोतको रूपमा रहने उल्लेख गर्नुभयो । साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै आएको उहाँले बताउनुभयो । आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरूले पेशागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिदै आएको उहाँले चर्चा गर्नुभयो ।

    गृहमन्त्री श्रेष्ठले नविनतम आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी रहनुपर्ने उल्लेख गर्नुभयो । निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुको साथै राज्यमा दण्डहिनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन र कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।”

     प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री श्रेष्ठले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरुप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै नेपाल प्रहरीको नि:स्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा नेपाल सरकार सदैव साथमा रहेको उहाँले बताउनुभयो ।

    सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।

    समारोहमा विशिष्ट अतिथि पूर्व सभासद एवं अवकास प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, गृहसचिव दिनेश भट्टराई, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।

    समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रीत रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल सरकारको कार्य प्राथमिकतामा अटल र अविचलति रहन निर्देशन दिनुभयो । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

     प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य सहित “नेपाल प्रहरी कार्ययोजना,२०८०”  तर्जुमा गरी लक्षित वर्ग केन्द्रित कल्याणकारी योजना विकास गर्ने, प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल वृद्धि हुने क्रियाकलाप सञ्चालन गर्ने, नव प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका उच्च प्राथमिकतायुक्त कार्यक्रमहरू कार्यान्वयनको लागि कार्ययोजना अगाडि बढाइएको र उक्त लक्ष्य पूरा गर्न तालुक मन्त्रालय र अन्य सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)
    ८ घण्टा अघि

  • २

    स्पेनको ऐतिहासिक प्रदर्शन, रोनाल्डोको विश्वकप यात्रा समाप्त; बेल्जियम पनि क्वार्टरफाइनलमा
    ११ घण्टा अघि

  • ३

    ईदको अवसरमा युएईले दियो १११ नेपाली कैदीलाई आममाफी
    १२ घण्टा अघि

  • ४

    एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक , ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
    १२ घण्टा अघि

  • ५

    प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेटवर्ता
    १२ घण्टा अघि

  • ६

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा देवेन्द्र खत्री नियुक्त
    १२ घण्टा अघि

  • ७

    ४९५ किलोमिटर कालीगण्डकी कोरिडोरमा ८२ प्रतिशत भौतिक प्रगति, लक्ष्य आ.ब २०८५/८६ सम्म
    २१ घण्टा अघि

  • ८

    वर्षाले प्रभावित बनायो धुलिखेल–खावा सडक स्तरोन्नति, रातिको सवारी रोक्ने निर्णय स्थगित
    १ दिन अघि

  • ९

    जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने लम्सालको चेतावनी
    १ दिन अघि

  • १०

    हालान्डको दुई गोलले ब्राजिल विश्वकपबाट बाहिरियो, नर्वे क्वार्टरफाइनलमा; विश्वकपमा नयाँ कीर्तिमानहरूको वर्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    असार १६–१७ मा भारी वर्षाको पूर्वानुमान, झापावासीलाई सचेत रहन आग्रह

    नेपाल नक्सा
    ३

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकलाई लगातार दोस्रो गोल्ड र लगातार तेस्रो बीपीए अवार्ड

    नेपाल नक्सा
    ५

    विश्वकप २०२६ : बेल्जियमको ऐतिहासिक कमब्याक, इङ्ग्ल्यान्ड र अमेरिका पनि प्रिक्वार्टरफाइनलमा

    नेपाल नक्सा
    ६

    नेपाल आयल निगमले घटायो इन्धनको मूल्य, आजदेखि नयाँ दर लागू

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution