
काठमाडौँ , २७ असोज | नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ ।
पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो । दुर्घटनाका कारण कम्पनीको सम्पूर्ण हेलिकप्टरको अवस्था चेकजाँच गर्ने र प्रक्रिया पुरा नभएको वा त्रुटि भेटिएमा सेव सञ्चालन प्रमाणपत्र खारेज गर्ने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले बताए ।
मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ। सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर आज बिहान खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो।
नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर ७ः२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे