
काठमाडौँ, ९ असोज । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले जारी गरेको परमादेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।
ललितपुरकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेशमा उल्लेख गरीएको छ ।
महर्जनले नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय ललितपुर, महालक्ष्मि नगरपालिका वडा नं ६ सिद्धिपुरलाई विपक्षि बनाएर मुद्धा दायर गरेकी थिइन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेश जारी गरेको हो ।
पूर्णपाठ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे