
काठमाडौँ, ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समिट एयरले मुगुमा छाडेका चिकित्सकहरूलाई लिन जहाज पठाएका छन् ।
टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले मुगुको ताल्चा विमानस्थलमा छाडे छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। पर्यटनमन्त्री किरातीले विमानस्थलमा छुटेका १६ जना चिकित्सकलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाएका हुन् ।
पर्यटनमन्त्री किरातीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको सामाजिक संञ्जालमार्फत बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो। गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे