
ताप्लेजुङ, असोज ९ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –३ मा बोलेरो जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् ।
तीर्थयात्री बोकेको जिप बिहान ४ः३० बजे उकालो भाग रहेको कच्ची सडकबाट जिप अचानक चिप्लिएर करिब ७० मिटर तल झरेर दुर्घटनाग्रस्त भएको हो । उक्त जिप दुर्घटनाका घाइतेमध्ये ७० वर्षीया धनबहादुर डाँगीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
अरु सबै घाइतेको ताप्लेजुङ जल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे