
काठमाडौं, असोज ४ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशहरुका एक वा दूई स्थानमा आज बिहानैदेखि मेघ गर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ ।
कोशी र गण्डकी प्रदेशमा राति एक , दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे