
काठमाडौँ, ४ असोज । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ। मंगलबार नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आज बिदा गर्ने जानकारी दिएको हो।
नवनिर्मित भवनबाट सेवा प्रवाह सुरू गरिएको र त्यसको लागि कर्मचारी र जनप्रतिनिधिहरू तीन दिनदेखि व्यवस्थापनमा खटिएको नगरपालिकाले जनाएको छ। व्यवस्थापनमा खटिँदा कर्मचारी र जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार सावएजनिक बिदा दिने निर्णय गरेको हो।
‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा त्यस क्रममा तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गत कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बस्दा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे