
बाँके, ३१ भाद्र । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै बम विष्फोटले क्षति पुगेको छ । गए राति भएको बम विष्फोटबाट सडकमा भ्वाङ परेको हो ।शनिवार राती पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पूर्वमा विष्फोट भएको हो ।
घटनास्थलको अवस्था हेर्दा माओवादी द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको बुझिएको छ ।
बम विष्फोटबाट सडकमा क्षती पुगे पनि मानवीय क्षती भने भएको छैन ।
सडक विभागले भ्वाङ पुरेसँगै अहिले राजमार्गमा सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे