
काठमाडौँ, २६ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यत्यासित मृत्युले आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत स्वर्गिय नेम्वाङप्रति श्रद्धान्जली दिैंदै प्रचण्डले शोकाकुल परिवाजन प्रति समवेदना प्रकट गरेका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति १ बजे ह्दयाघातबाट मृत्यु भएको हो ।
‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’–प्रचण्डले लेखेका छन् ।
नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे