काठमाडौँ, १८ भाद्र । एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारत भिड्दैछन् । यो खेल आज सोमबार (सेप्टेम्बर ५) श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
नेपाल पहिलो पटक भारतसँग अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फर्म्याट खेल्दैछ । दुबै टिमको यो दोस्रो खेल हो । यसअघि दुबै टिमले पाकिस्तानको सामना गरिसकेका छन् । यसअघिको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारतको पाकिस्तानसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपाल यो खेल जितेर सुपर–४ मा पुग्न चाहन्छ तर यसका लागि टिमले चमत्कारी प्रदर्शन गरेर टीम इन्डियालाई चकित पार्नु पर्नेछ ।
खेल नभए पनि भारत सुपर ४ मा पुग्ने छ
भारतको खातामा एक अंक छ । आज सोमबारको खेल पनि वर्षाका कारण रद्द भएमा नेपाल र भारतले एक–एक अंक पाउनेछन् । यस्तो अवस्थामा भारतको कुल २ अंक हुनेछ र सुपर ४ मा पुग्ने छ । योसँगै नेपालको एक अंक मात्र हुनेछ र बाहिरिनेछ । योसँगै पाकिस्तान तीन अंकसहित सुपर–४ मा पुगिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे